२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

नेपाल मानव धर्म सेवाको रक्तदान

Untitled
Untitled
Untitled

काठमाडौं । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति, काठमाडौँले आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गरेको रक्तदान कार्यक्रममा ईच्छुक १४२ जना मध्ये प्रारम्भिक स्वास्थ्य परिक्षण पश्चात् ११३ जनाले रक्तदान गरेका छन् ।

राप्ती भेरीका शाखा आश्रमहरूबाट ८३ जनाले रक्तदान गरेको समितिको केन्द्रीय कार्यालय गौशालाले जानकारी दिएको छ ।

साथै सेती क्षेत्र आश्रम अत्तरियामा २१ जना रक्तदाताले रक्तदान गरेका छन् । समितिले विभिन्न अवसर पारेर हरेक वर्ष देशै भरिका आश्रममा रक्तदान गर्ने गरेको छ ।

नेपाल मानव धर्म सेवा समिति काठमाडौं यसअघिनै जिल्लामा अत्यधिक महिला रक्तदाताको रूपमा रक्तसञ्चार केन्द्रबाट पुरस्कृत भइसकेको छ ।

रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा कार्ल ल्यान्डसटाइनरको जन्मदिन जुन १४ को सम्झनामा सन् २००४ देखि विश्व रक्तदाता दिवस मनाउन शुरु गरिएको हो

Untitled
Untitled
Untitled