२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज पेसी

Untitled
Untitled
Untitled

काठमाडौं, नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेले आफूविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा पेसी तोकिएको छ ।

अघिल्लोपटक गत ३ वैशाखको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएर फैसला टारिदिएका लामिछाने पक्षको बुझाइ छ ।

त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो ।

साथै, जन्ममितिसम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

जिल्ला अदालत काठमाडौंले गत १३ पुसमा नै लामिछानेले गौशाला २६ लाई जबरजस्तीकरणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

अदालतले परिवर्तित नाम गौशाला २६ (६ ) ( १ ) ०७९/८० को उमेर, प्रतिवादी लामिछानेको उमेर, घटना हुँदाको अवस्था प्रतिवादीको सामाजिक हैसियत, पीडितलाई परेको मानसिक असरसमेतलाई विचार गर्दै सजाय तोकेको थियो ।

 

Untitled
Untitled
Untitled