२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

नेतृत्वलाई सुझाव दिएर एमाले प्रतिनिधि परिषद्को बैठक आज सकिदै

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आज सकिँदैछ ।

ललितपुरको गोदावरीमा हिजोदेखि सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

नेकपा एमालेको जारी राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकमा हिजो पेस भएका प्रतिवेदनउपर आज समूहगत छलफल हुने भएको छ । प्रतिवेदनलाई आजै पारित गरेर बैठक समापन गरिने कार्यसूची छ ।

बैठकमा अध्यक्ष ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको साङ्गठनिक प्रतिवेदनले समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।

एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । बैठकमा केन्द्रीय सदस्यसहित दुई हजार ४ सय ५४ जना प्रतिनिधि सहभागी छन् ।

एमालेले भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।

 

Untitled
Untitled
Untitled