२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

अमेरिकी संसदले गर्यो युक्रेन र इजरायलका लागि अरबौं डलर बराबरको नयाँ सैन्य सहायता स्वीकृत

Untitled
Untitled
Untitled

एजेन्सी, रुसको आक्रमणको प्रतिरोध गर्न संघर्ष गरिरहेको युक्रेनका लागि अमेरिकी संसदले अरबौं डलर बराबरको नयाँ सैन्य सहायता स्वीकृत गरेको छ ।

अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ्सले युक्रेनको सहयोगका लागि ६१ अर्ब डलरको राहत प्याकेज पास गरेको हो ।

सदनमा भएको मतदानमा उक्त प्रस्तावको पक्षमा ३ सय ११ र विपक्षमा १ सय १२ मत परेको थियो । यो प्रस्ताव अब सिनेटमा जानेछ ।

सिनेटबाटसमेत यो प्रस्ताव पास हुने सम्भावना छ । दुवै सदनबाट पारित भएपछि राष्ट्रपति जो बाइडेनबाट स्वीकृत गरेपछि यो प्रस्तावले कानूनी रुप प्राप्त गर्नेछ ।

राष्ट्रपति जो बाइडेनले यो सहयोगपछि युद्ध रोकिने र हजारौँ जीन्दगी जोगिन सक्ने दाबी गरेका छन् ।

हाउस अफ रिप्रजेन्टेटिभ्सबाट उक्त प्रस्ताव पारित भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुसी व्यक्त गरेका छन् ।

रुसी आक्रमण झेलिरहेको युक्रेनले अमेरिकी सहयोग नआए तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको थियो ।

युक्रेनसँगै अमेरिकी तल्लो सदनबाट इजरायलका लागि २६ अर्ब डलर सहयोग प्याकेज पनि पारित भएको छ ।

गाजामा मानवीय सहयोगका लागि भन्दै ९ अर्ब डलरको राहत प्याकेजसमेत पारित भएको छ ।

अमेरिकी सदनमा विदेश मामिला समितिका अध्यक्ष माइकल म्याक्कोलले सदनमा सम्बोधन गर्दै नराम्रो अवस्था बढ्दै गइरहेकाले अमेरिकाका विरोधीहरुविरुद्ध अब काम गर्ने समय आएको बताएका थिए ।

 

Untitled
Untitled
Untitled