२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

संसद बैठक आज पनि बस्दै, कांग्रेसको चेतावनीका बाबजुद यस्ता छन् कार्यसूची

Untitled
Untitled
Untitled

काठमाडौं, प्रतिनिधिसभाको स्थगित बैठक आज बस्दैछ । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै अवरोध गरेपछि बैठक आजका लागि सारिएको हो ।

बैठक ११ बजे बस्नेछ । संसदले आजको कार्यसूचीमा प्रधानमन्त्री पुष्पकमल दाहालले “राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौं वार्षिक प्रतिवेदन २०८० पेश गर्ने कार्यसूची बनाएको छ ।

अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ( पहिलो संशोधन ) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने उल्लेख गरेको छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने सम्भावित कार्यसूची छ ।

गृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै संसदीय छानबिन समिति गठनका लागि सरकार तयार नभए आजको बैठक पनि अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।

Untitled
Untitled
Untitled