२०८३ असार २१ आइतवार | Sunday, Jul 05 2026

विश्वकप छनोट दोस्रो चरणमा पहिलो जीतको खोजीमा नेपाल, आज बहराइनसँग भिड्दै

Untitled
Untitled
Untitled

काठमाडौं, फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ ।

नेपाल र बुहराइनबीचको खेल राति १२: ४५ बजे सुरु हुनेछ । नेपालको सिनियर टिमले पहिलोपटक बहराइनको सामना गर्न लागेको हो ।

दशरथ रंगशालाको‌ मैदान खेल्नलायक नभएपछि नेपालले होम र अवे दुवै लेग बहराइनमा खेल्न लागेको हो ।

नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० को नतिजाका साथ दोस्रो चरणमा पुगेको‌ थियो ।

समूह एच’ मा रहेको नेपालले दोस्रो चरणमा दुई खेल खेलिसकेको छ । नेपाल यसअघि यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।

नेपाल रहेको समूहमा नेपाल, बहराइनसहित यमन र यूएई रहेका छन् ।

अंकविहीन रहेको नेपाल अहिले तालिकाको पुछारमा छ । अहिले समूह ‘ए’ को तालिकाको शीर्ष स्थानमा यूएई रहेको छ ।

यस समूहमा बहराइन तीन अंकसहित दोस्रो स्थानमा छ । उसले दुई खेलबाट तीन अंक जोडेको हो ।

Untitled
Untitled
Untitled