२०८३ असार ९ मंगलवार | Tuesday, Jun 23 2026

नेपाली बजारमा बढ्यो सुनको मूल्य

Untitled
Untitled
Untitled

काठमाडौ, नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। यसअघि बुधबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको मूल्य आज पनि प्रतितोला ५०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा बुधबार प्रतितोला ३५ रुपैयाँ बढेको हो।

Untitled
Untitled
Untitled