२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

दोहोरो अंकले घट्यो बजार, कारोबारमा सामान्य सुधार

Untitled
Untitled
Untitled

काठमाण्डौ, सेयर बजार मंगलबार पनि दोहोरो अंकले ओरालो लागेका छ।

बजार आज ३१.८० अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक २०४५.४४ को विन्दूमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.२९ अंकले घटेर ३९१.८४ को विन्दूमा ओर्लेको छ।

हिजोको तुलनामा कारोबार रकम भने बढेर २ अर्ब १५ करोड रुपैयाँ बढीको भएको छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये एउटामा मात्रै उकालो लागेको छ भने १२ वटामा रातो पोतिएको छ।

यो दिन म्युचुअल फन्डमात्रै ४.२८ प्रतिशतले उकालो लागेको छ। आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.२६ प्रतिशतले ओरालो लागेको छ।

जलविद्युत समूह २.३१ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.९२ प्रतिशत, विकास बैंक समूहमा १.८८ प्रतिशत, वित्त समूहमा २.२४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.१५ प्रतिशत, लगानी समूहमा १.१४ प्रतिशत, जीवन बीमा समूहमा १.७९ प्रतिशत, लघुवित्त समूहमा १.०६ प्रतिशत, निर्जीवन बीमा समूहमा १.६६ प्रतिशत, अन्य समूहमा ०.९० प्रतिशत र व्यापार समूहमा ०.५ प्रतिशतले ओरालो लागेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७८ कम्पनीका ५६ लाख ३ हजार १७९ कित्ता सेयर २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३७० रुपैयाँमा किनबेच भएका छन्।

यो दिन हिमालयन डिस्टिलरीको सार्वधिक २० करोड ५५ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

शिवम सिमेन्टको १८ करोड ५ लाख रुपैयाँबराबरको कारोबार हुँदा सोल्टी होटेलको ७ करोड ६२ लाख रुपैयाँ, आइएमई लाइफको ५ करोड ७७ लाख रुपैयाँ, एभरेस्ट बैंकको ५ करोड १८ लाख रुपैयाँ, हिमालयन लाइफको ४ करोड ८८ लाख रुपैयाँ, नबिल बैंकको ३ करोड ९४ लाख रुपैयाँ, हिमालय ऊर्जाको ३ करोड ७९ लाख रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३ करोड ७१ लाख रुपैयाँ र साना किसान विकास लघुवित्तको ३ करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज इमर्जिङ नेपालका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउ ५ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन हिमालयन डिस्टिलरीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।

Untitled
Untitled
Untitled