२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

सिन्धुलीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु, २४ यात्रु घाइते

Untitled
Untitled
Untitled

सिन्धुलीै, ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बस आज बिहान सिन्धुलीमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।

सिन्धुली जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार अहिले उद्धार जारी छ। मृतक तथा घाइतेको नाम खुलेको छैन।

बा २ ख ६५९६ नम्बरको बसर बिहान सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर ४ मा कुहिभिर भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको हो।

अहिलेसम्म उक्त बसमा जम्मा २९ यात्रु रहेको बुझिएको प्रहरीले जानकारी दिएको छ। सडकको भित्तामा ठोक्किएर बस दुर्घटनामा परेको हो।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Untitled
Untitled
Untitled