२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, ज्ञानेन्द्र र करण बेन्चमा

Untitled
Untitled
Untitled

काठमाडौँ, आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।

त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित कुमार पौड्यलले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।

नेपालविरुद्ध यूएईले केही बेरमा बलिङ गर्नेछ । नेपालले आजको खेलमा ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । नेपालले उनीहरुको स्थानमा ललितनारायण राजवंशी र गुलशन झालाई स्थान दिएको छ ।

नेपाल आजको खेलमा जीत निकाल्दै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ । सोझै विश्वकप छनोट खेल्न पनि नेपाललाई आजको जीत महत्वपूर्ण छ ।

 

Untitled
Untitled
Untitled