२०८३ असार २३ मंगलवार | Tuesday, Jul 07 2026

रास्वपाका चितवन सभापति सापकोटाले दिए राजीनामा

Untitled
Untitled
Untitled

काठमाडौ, रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजिनामा दिएका छन् । पार्टी भित्र व्यक्तिवाद चरम रुपमा हावी भएको भन्दै राजीनामा दिएको सापकोटाले बताए ।

गत कात्तिकमा चितवन जिल्ल सभापति बनेका सापकोटाले गत मंसिर ४ गतेको निर्वाचन पनि जिल्ला समितिलाई पूर्णयता वाइपास गरेर एकाध झुण्डलाई लिएर चुनावमा परिचालन गरिएको आरोप लगाए ।

उनले रवी लामिछानेसहितको टिमले जिल्ला कमिटीलाई वेवास्ता गरेर हिँड्ने गरेको कुनै मूल्यमान्यता र सरसल्लाह र बैठकसमेत नभएको बताए ।

‘यसरी कसरी संगठन बन्छ रु उहाँहरुलाई पनि जिल्ला समिति चाहिएको जस्तो लागेन,’ सापकोटाले भने, ‘मलाई लाग्छ देशभरमा जहाँ जहाँ समिति बनेका छन् तिनको हालत यस्तैं होला, कुनै भूमिका छैन।’

माथिबाट खटाइएका र तोकिएका केही मान्छे बोकेर मात्रै पार्टी चल्छ भने चल्न दिनुपर्छ’ सापकोटा भन्छन्, ‘कुनै पनि पार्टीमा यस्तो अभ्यास छैन, यो पार्टीमा मात्रै केही सिमित घेराले पार्टी चलाउने काम गरेको छ ।’ सापकोटाले अब स्वतन्त्र भएर आफ्नो पेशा व्यवसाय नै गरेर बस्ने अठोट लिएको बताए ।

पार्टी महामन्त्री मुकुल ढकाललाई काठमाडौंमा राजीनामा बुझाएका सापकोटाले पार्टी व्यक्तिवादी हैकम र अराजकतामा चलेकोले त्यस्तोमा बसेर काम गर्न नसकिने निष्कर्षसहित राजीनामा दिएको बताए ।

‘‘

Untitled
Untitled
Untitled