२०८३ असार २० शनिवार | Saturday, Jul 04 2026

केप भर्डेमाथि ३–२ को संघर्षपूर्ण जीत, अर्जेन्टिना अघिल्लो चरणमा

Untitled
Untitled
Untitled

एजेन्सी, साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक संघर्षमा केप भर्डेलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप–२०२६ को अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको मियामीमा सम्पन्न राउन्ड अफ ३२ को प्रतिस्पर्धामा निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समयमा प्राप्त अवसरको सदुपयोग गर्दै अर्जेन्टिनाले अन्ततः विजयी यात्रा तय गर्‍यो।

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेलको २९औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

पहिलो हाफ १–० ले आफ्नो पक्षमा पारेको अर्जेन्टिनाले दोस्रो हाफमा भने दबाब खेप्नुपर्‍यो।

केप भर्डेका डेरोय डुआर्टेले ५९औँ मिनेटमा बराबरी गोल गर्दै खेललाई १–१ को अवस्थामा पुर्‍याएपछि निर्धारित समयसम्म थप गोल हुन सकेन र खेल अतिरिक्त समयमा धकेलियो।

अतिरिक्त समयको दोस्रो मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए ।

तर, १०१औँ मिनेटमा सिड्नी लोप्स क्याब्रलले शानदार गोल गर्दै केप भर्डेलाई फेरि २–२ को बराबरीमा ल्याए।

खेल अतिरिक्त समयको अन्त्यतिर पुग्दा १११औँ मिनेटमा केप भर्डेका डाइनी बोर्जेसबाट आत्मघाती गोल भएपछि अर्जेन्टिनाले ३–२ को निर्णायक अग्रता बनायो।

त्यसपछि थप गोल नभएपछि अर्जेन्टिनाले रोमाञ्चक जीत निकाल्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गर्‍यो।

Untitled
Untitled
Untitled