२०८३ असार १८ बिहीवार | Thursday, Jul 02 2026

नर्वेले रच्यो इतिहास, आइभरी कोस्टलाई हराउँदै क्वार्टरफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को प्रतिस्पर्धामा नर्वेले आइभरी कोस्टलाई २–१ ले पराजित गर्दै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

विश्वकप इतिहासमै नकआउट चरणमा पहिलो जीत निकाल्दै नर्वेले नयाँ इतिहास रचेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलमा नर्वेले शुरुआतदेखि नै संयमित र संगठित प्रदर्शन गर्दै अवसरहरूको सदुपयोग गर्‍यो।

आइभरी कोस्टले पनि आक्रामक खेल प्रस्तुत गर्दै बराबरी फर्काउने प्रयास गरे पनि निर्णायक क्षणमा नर्वेली टोली प्रभावकारी सावित भयो।

खेलभर अफ्रिकी टोली आइभरी कोस्टले उत्कृष्ट प्रदर्शन गर्दै नर्वेमाथि दबाब बनाएको थियो।

बल नियन्त्रण, आक्रमण निर्माण र गोलका अवसर सिर्जनामा राम्रो देखिए पनि फिनिसिङमा कमजोरी दोहोरिँदा टोली प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो।

अन्तिम समयसम्म बराबरीका लागि गरेको प्रयास पनि सफल हुन सकेन।

यस ऐतिहासिक जितसँगै नर्वे पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्दै अन्तिम आठमा पुगेको छ।

टोलीले अब सेमिफाइनल प्रवेशका लागि अर्को कठिन चुनौती सामना गर्नेछ।

उता, उच्च अपेक्षासहित प्रतियोगितामा सहभागी भएको आइभरी कोस्ट भने अन्तिम १६ बाटै बाहिरिएको छ।

प्रभावशाली प्रदर्शनका बाबजुद नतिजा आफ्नो पक्षमा पार्न नसक्दा अफ्रिकी टोलीको विश्वकप यात्रा यही चरणमा टुंगिएको हो।

Untitled
Untitled
Untitled