काठमाण्डू, नेपाली कांग्रेसको पूर्व तथा वर्तमान पदाधिकारी बैठक बस्दैछ । बैठक शनिबार बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तावमा सहमति खोजिने नेताहरूले बताएका छन् ।
महामन्त्री थापाको चुनावपूर्वको गठबन्धन र अर्का महामन्त्री शर्माको बहिर्गमनको नीतिमाथि बैठकमा सहमति खोजिने छ ।
यस प्रस्तावबारे सभापति देउवाले महामन्त्रीद्वय थापा(शर्मासँग पटक/पटक छलफल गरेका छन् । तर, सहमति जुटेको छैन ।
देउवाले दुवै प्रस्तावमा आवश्यक संशोधन गर्न चाहेका छन् भने महामन्त्रीद्वय आफ्नो प्रस्तावकै अडानमा छन् ।
यसपछि पूर्व तथा वर्तमान पदाधिकारीको बैठक बोलाइएको छ । देउवाले आज जसरी भएपनि सहमति जुटाउनुपर्ने बताएका छन् ।
आइतबार कांग्रेसको केन्द्रीय समिति बैठक बस्दैछ । महामन्त्रीद्वयको प्रस्तावमा आवश्यक संशोधन गरेर भोलि बस्ने बैठकबाट उक्त प्रस्ताव पारित गरेर जाने देउवाको मनसाय छ ।