२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

अख्तियारले दायर गर्यो वहालवाला मुख्यसचिव वैकुण्ठ अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा

Untitled
Untitled
Untitled

काठमाण्डू, मुख्यसचिव वैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अर्याललाई सञ्चार मन्त्रालयको सचिव हुँदा सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यलाई क्षति पुग्ने निर्णयहरू गरेको अख्तियारको भनाइ छ ।

मुद्दा दायर भएसँगै अर्याल स्वतः निलम्बित भएका छन् ।

आइतबार अर्यालसहित १२ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको विशेष अदालतले जानकारी दिएको छ ।

Untitled
Untitled
Untitled