२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

एमाले बागमती प्रदेश अधिवेशनको बन्द सत्र सुरु हुँदै, आजै चुनावको तयारी

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा (एमाले) को बागमती प्रदेश अधिवेशनअन्तर्गत बन्दसत्र आज मंगलबारदेखि सुरु हुँदैछ ।

बन्द सत्र विहान ८ बजेपछि सुरु हुनेछ । प्रज्ञा भवन कमलादीमा हुने बन्द सत्रमा निवर्तमान कमिटीका अध्यक्षका तर्फबाट केशव पाण्डेले राजनीतिक–सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

त्यसपछि नेतृत्व चयनको प्रक्रिया सुरू हुने प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले जानकारी दिए।

‘बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डलको घोषणा हुन्छ। राजनीतिक सांगठनिक प्रतिवेदन पेस भएपछि समूह छलफल हुन्छ,’ उनले भने, ‘आजै नेतृत्व चयनको प्रक्रिया पनि आरम्भ हुन्छ।’

प्रदेश अधिवेशनमा एक लाख नौ हजार २३८ प्रतिनिधिबाट एक हजार १५० बढी प्रतिनिधि चुनिएर आएका छन्। सबै प्रतिनिधि सर्वसम्मत चुनिएर आएका हुन्।

संघीयता कार्यान्वयनमा आएपछि एमालेले पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेको हो। एमाले बागमतीको अध्यक्षका लागि दुई केन्द्रीय सदस्यसहित अहिलेसम्म ५ जना आकांक्षी मैदानमा देखिएका छन्।

प्रदेश अध्यक्षको दौडमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्ण दाहाल अगाडि देखिएका छन्। बागमती प्रदेश अध्यक्षमा अहिले केशव पाण्डे छन्।

Untitled
Untitled
Untitled