२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

सरकार र आन्दोलनरत शिक्षकबीच वार्ता सुरु, शिक्षक महासंघले अघि सारेको १७ बुँदे मागमा छलफल

Untitled
Untitled
Untitled

काठमाडौं, आन्दोलनरत शिक्षक र सरकारबीचको वार्ता सुरु भएको छ। गृह मन्त्रालयमा जारी वार्तामा शिक्षकहरुको माग सम्बोधन गरी आजै सहमति गर्ने तयारी छ।

बिहान ९ बजे आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल गर्ने भने पनि दुवै पक्षले आन्तरिक छलफल गर्ने भन्दै वार्ता समय सारिएको थियो ।

त्यसपछि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँग छलफल गरेका थिए ।

बैठकमा शिक्षा मन्त्रालयको तर्फबाट सहमतिको ड्राफ्ट प्रस्तुत गर्नेगरी गएको स्रोतले बतायो। सरकारसँगको वार्ताअघि शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा शिक्षकका प्रतिनिधि वार्तामा बसेका थिए।

शिक्षा मन्त्रालयको ड्राफ्टमा शिक्षकहरु सहमत भए आजै सहमति जुट्ने सम्भावना छ। अहिले गृह मन्त्रालयमा जारी बैठकमा कानून मन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई पनि सहभागी छन्।

विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघले १७ बुँदे माग अघि सारेको छ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै शिक्षकहरु बुधबारदेखि आन्दोलनरत छन्।

Untitled
Untitled
Untitled