२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

गौरालाई राष्ट्रिय पर्व घोषणा गर्न चाहन्छु : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिवद्धता जनाएका छन् ।

बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् ।

उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रीपरिषद्मा लैजाने बताए । उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए ।

प्रधानमन्त्री दाहालले यो भन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताए ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको स्मरण गराए ।

प्रधानमन्त्री दाहालले तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताए ।

प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढी सकेको जनाए ।

उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।

प्रधानमन्त्री दाहालले भने ‘‘अगाडि बोल्ने नेताहरुले प्रधानमन्त्रीको हैसियतका गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ।

हिजो मात्रै मन्त्रीपरिषद् बैठकमा यो कुरा चलेको छ। हामीले गौरा पर्वका विषयमा सकारात्मक मात्रै होइन। सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्र्रष्ट गरेका छौं।

आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु। सुदूरपश्चिममा पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउने मैले जमरको गरेको थिए।

तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा धेरै कुरा भएका छन्। चाहे गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढिसकेको छ।

कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको छ। सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास राख्ने मान्छे हुँ म।

सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरश्चिममा गएको छु।’’

प्रधानमन्त्री दाहालले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताए ।

प्रधानमन्त्री दाहालले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गरे।

Untitled
Untitled
Untitled