२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

दाइजो लिएको आरोपमा नेहा चौधरीका ससुरा पनि पक्राउ

Untitled
Untitled
Untitled

जनकपुरधाम, छोराको बिहेमा दाइजो लिएको आरोपमा नेहा चौधरीको ससुरा पनि पक्राउ परेका छन् । महोत्तरीको रामगोपालपुर नगरपालिका ५ बस्ने ६० वर्षीय रामप्रवेश चौधरी पक्राउ परेका हुन् ।

यस अघि दाइजो मागेकै कसुरमा नेहाको पति पंकज चौधरी पक्राउ परेर महोत्तरी जिल्ला अदालतको आदेशमा पूर्पक्षका लागि कारागारमा छन् ।

फरार रहेका पंकजका पीतालाई पनि लुकिछिपी बसिरहेको अवस्थामा मनरासिसवा नगरपालिका २ कट्टी गाउँ स्थित दशगजा क्षेत्रबाट पक्राउ गरको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

तीनवर्षको प्रेम पश्चात २५ फागुन २०७८ मा नेहा र पंकजबीच सामाजिक परम्परा अनुसार जनकपुरधामको राजदरबार होटेलमा विवाह सम्पन्न भएको थियो । विवाहको चारमहिनापछि दुवैबीच दरार उत्पन्न भएको थियो ।

नेहाले दाइजोमा पंकजले काठमाडौंमा घर किनिदिन भन्दै आफूलाई यातना दिइरहेको आरोप लगाउँदै आएकी छिन् ।

पंकजले भने आफूमाथि लगाएको आरोप निधार रहेको दावी गर्दै आएका छन् । उनले आफू विवाह गर्न नमान्दा पनि विवाह गर्न बाध्य पारेको बताउने गरेका छन् ।

नेहाले श्रीमान पंकज र परिवारका सदस्य विरूद्ध बकसपत्र बदर, जालसाजी, घरेलु हिंसा, दाइजो, मानाचामल र अंश मुद्दा दायर गरेकी छन् भने पंकजले सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन् ।

Untitled
Untitled
Untitled