काठमाडौ, प्रहरी बृत सिंहदरवारमा रहेका थुनुवालाई कम्बल बितरण गरिएको छ । सामाजिक काम गर्दैै आएको धर्म लाइट फाउण्डेशनका संयोजक डा.नेत्र आर्चायले बीस थान कम्बल बितरण गरेका हुन् ।
काठमाडौ जिल्ला बारका अध्यक्ष आर सी बिमलको बिषेश उपस्थिितिमा कार्यक्रम भएको थियो । फाउण्डेशनका संयोजक डा. आचार्यले बृतका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीलाई हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा काठमाडौ बार अध्यक्ष बिमल, बृत प्रमुख पुरी, फाण्डेशनका संयोजक डा.आर्चाय, काठमाडौ बार सचिब उज्वलराम श्रेस्ठ, लोकतान्त्रिक बैचारिक प्रतिस्ठानका प्रबक्ता राजकुमार उप्रेती लगायतको उपस्थििति रहेको थियो ।
सहभागीले सामाजिक अभियन्ता डा. आर्चायको अभियानमा साथ र सहयोग रहने प्रतिबद्धता जनाएका थिए ।