२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

Untitled
Untitled
Untitled

काठमाण्डू, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।

साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागका केही स्थान र अन्य प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

बागमती र कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागमा हुरीबतासको पनि सम्भावना छ ।

त्यसैगरी, आज राति मधेश, कोशी प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागका केही स्थान र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रासस

Untitled
Untitled
Untitled