२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

मनसुन कमजोर, केही नदीमा आकस्मिक बाढीको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, मनसुनको न्यून चापीय रेखा दक्षिणतर्फ सरकेकाले नेपालमा मनसुन हाल केही कमजोर रहेको छ।

तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिरहेकाले देशका पहाडी भेगहरूमा साधारण बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

गण्डकी र सुदूरपश्चिमका पहाडी क्षेत्र, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, नारायणी, कर्णाली, महाकाली लगायतका मुख्य नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ।

तर, बुधबार ताप्लेजुङ, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, दार्चुलालगायतका साना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम उच्च रहने पूर्वानुमान गरिएको छ।

यस्तै इलाम, झापा, मोरङ, रसुवा, लमजुङ, सुर्खेत, कैलाली, कञ्चनपुर लगायतका जिल्लाका साना नदीहरूमा पनि बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना रहेको बताइएको छ।

महाशाखाले स्थानीयबासीलाई सतर्क रहन आग्रह गरेको छ।

Untitled
Untitled
Untitled