२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

नेपालमा विदेशी विद्यार्थी सम्भावना धेरै, हरेक वर्ष लाखौँ नेपाली बिदेसिने गरेपनि विदेशबाट अध्ययनका लागि नेपाल आउनेहरू भने नगन्य

Untitled
Untitled
Untitled

काठमाण्डू, अध्ययनका लागि हरेक वर्ष लाखौँ नेपाली बिदेसिने गरेपनि विदेशबाट अध्ययनका लागि नेपाल आउनेहरू भने नगन्य मात्रामा छन् ।

मुलुकलाई शैक्षिक गन्तव्यस्थल ९हब० बनाउन सकिने विषयमा सरकारी तथा गैरसरकारी संस्थाले समेत बारम्बार बताउने गरेको भएपनि व्यवहारमा देखिएको छैन ।

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले समेत आफ्नो कार्यकालका मुख्य काममध्ये विदेशी विद्यार्थीलाई यहाँ ल्याउने विषय प्राथमिकतामा रहेको बताउनुभएको थियो ।

उपकुलपतिमा नियुक्त भएको भोलिपल्ट नै गत बिहीबार विश्वविद्यालयको सभामा उपस्थित भएका अर्यालले विश्वविद्यालयमा अध्ययनरत कुल विद्यार्थीमध्ये न्यूनतम तीन प्रतिशत विदेशी विद्यार्थी पुर्‍याउने लक्ष्य रहेको बताएका थिए ।

यद्यपि यस विश्वविद्यालयमा अहिले कति विदेशी विद्यार्थीले अध्ययन गर्छन् भन्ने एकीकृत तथ्याङ्क छैन ।

मुलुकमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा धेरै भार त्रिविमा छ तर विदेशी विद्यार्थीलाई भने त्रिविले उल्लेख्य रूपमा आकर्षित गर्न सकेको छैन ।

नवनियुक्त उपकुलपति अर्याल भने नेपालको पढाइको गुणस्तरदेखि हावापानीका कारणसमेत विदेशी विद्यार्थीलाई आकर्षित गराउन सकिने प्रशस्तै सम्भावना रहेको बताउँछन् ।

विशेष गरी भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका मुलुकबाट प्राविधिक विषय पढाउन र चीनबाट अङ्ग्रेजी भाषा विषय पढ्न विदेशी विद्यार्थीलाई आकर्षिक गर्न सकिने अर्यालको बुझाइ छ ।

“कति सक्छु थाहा छैन तर विश्वविद्यालय सुधार्ने मेरो मुख्य एजेन्डामध्ये विदेशी विद्यार्थी तान्ने पनि एक हो,” अर्यालले भने ।

काठमाडौँ विश्वविद्यालय (केयु) मा भने कुल विद्यार्थीको १० प्रतिशतको हाराहारीमा विदेशी विद्यार्थी अध्ययनरत रहेको विश्वविद्यालयका स्कुल अफ आर्ट्सका सहडिन प्राडा उद्धव प्याकुरेलले बताए ।

विश्वविद्यालयले पछिल्लो पटक गत जेठ ३० गते सम्पन्न गरेको ३० औँ दीक्षान्त समारोहमा एक हजार १२९ जना विद्यार्थी दीक्षित भएका थिए जसमध्ये भुटान, भारत, श्रीलङ्का र माल्दिभ्सका समेत गरेर ११८ जना थिए ।

पछिल्लो समय चीनबाट आउने विद्यार्थी बढिरहेको र अबको दीक्षान्तसम्ममा कुल विद्यार्थीमध्ये १५ प्रतिशत विदेशी पुर्‍याउने लक्ष्य रहेको प्याकुरेलले बताए ।

तिसौँ दीक्षान्त समारोहसम्ममा उक्त विश्वविद्यालयबाट ४७ हजार ८३१ जना दीक्षित भएकोमा पाँच हजार ६६० जना विदेशी विद्यार्थी रहेको विश्वविद्यालयले जनाएको छ ।

नेपालमा सबैभन्दा धेरै विदेशी विद्यार्थी चिकित्सा शिक्षा अध्ययनका लागि आउने गरेका छन् ।

चिकित्सा शिक्षा आयोगका अनुसार चिकित्सा शिक्षा अध्ययनका लागि हरेक वर्ष दुई सयको हाराहारीमा विदेशी विद्यार्थी आउने गरेका छन् ।

जसमध्ये धेरै जसो भारतीय विद्यार्थी छन् । तीबाहेक अन्य देशका विद्यार्थी पनि नेपालमा एमबिबिएस, बिडिएसलगायतका विषय पढ्न आउने गरेको चिकित्सा शिक्षा आयोगले जनाएको छ ।

चिकित्सा शिक्षाबाहेक चीनबाट आउने विद्यार्थीले अङ्ग्रेजी शिक्षा, विकास अध्ययन (डेभलपमेन्ट स्टडिज), इन्जिनियरिङ विषय पढिरहेका छन् ।

त्यस्तै केयुमा अमेरिका, जाम्बिया, दक्षिण अफ्रिकालगायतका मुलुकबाट आउने विद्यार्थीको क्रम पनि बढिरहेका छन् ।

नेपाल संस्कृत विश्वविद्यालयमा पनि केही विदेशी विद्यार्थी अध्ययनरत छन् ।

विश्वविद्यालयका उपकुलपति प्राडा धनेश्वर नेपालका अनुसार विदेशी विद्यार्थी बढाउने विश्वविद्यालयको नीति भएपनि सोचे अनुसार काम हुन नसकेको बताए ।

विदेशी विद्यार्थी बढाउन अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सम्पर्क बढाउने प्रयास भइरहेको उनले जानकारी दिए ।

जानकारका अनुसार नेपाललाई शैक्षिक हब बनाउन सकिने सम्भावना प्रशस्तै छन् । “हामीले जसरी पर्यटनको कुरा गरिरहेका छौँ ।

त्यसरी नै तयारी गर्ने हो भने शिक्षामा झन् राम्रो प्रगति गर्न सक्छौँ,” केयु स्कुल अफ आर्ट्सका सहडिन प्याकुरेलले भने, “त्यसका लागि नेपालका विश्वविद्यालय तथा कलेजको भौतिक पूर्वाधारदेखि नीतिगत परिवर्तन आवश्यक छ ।”

के छ समस्या रु

अहिले विशेष गरी विदेशी विद्यार्थी नेपालमा पढ्न आउन प्रवेशाज्ञाको समस्या देखिएको छ । विद्यार्थी भिसाबाट नेपाल आउन पाइँदैन ।

भिजिट भिसामार्फत नेपाल आएर छ महिनापछि विद्यार्थी भिसामा परिवर्तन गर्नुपर्ने हुन्छ ।

विदेशीले त्यसरी भिजिट भिसामार्फत नेपाल आएर पछि भिषा परिवर्तन गर्नुपर्ने झन्झटका कारण पनि विदेशी विद्यार्थीलाई विकर्षण गराइरहेको छ ।

तर, विदेशी विद्यार्थीलाई सहजै नेपालमा पढ्ने वातावरण बनाउन सरकारले नीतिगत सुधारलगायतका काम गर्न लागेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताए ।

विदेशी विद्यार्थीलाई आकर्षित गरेर नेपाललाई शैक्षिक हब बनाउनु पर्छ भन्नेमा सरकार पनि दृढ रहेको बताउँदै सापकोटाले त्यसका लागि विश्वविद्यालयले आवश्यक तयारी गर्नुपर्ने बताए ।

Untitled
Untitled
Untitled