२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

तीनकुने घटनामा अनुसन्धान गर्न धवल र रवीन्द्रसहित २० जनालाई १५ दिन म्याद थप

Untitled
Untitled
Untitled

काठमाण्डू, चैत १५ गते तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका राप्रपा नेताहरूसहित २० जनालाई राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ ।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित २० जनालाई राज्यविरुद्धको कसुरमा थप १५ दिन थुनामा राख्न जिल्ला अदालत काठमाडौंले मंगलबार अनुमति दिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार आपराधिक उपद्रवको मुद्दामा अनुसन्धान भइरहेका ५३ जनालाई भने २० दिनको म्याद थप भएको छ ।

चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नेतृत्वमा भएको प्रदर्शनमा व्यक्ति तथा सरकारी सम्पत्तिमा आगजनी तथा तोडफोड भएको थियो ।

सो घटनापछि प्रहरीले ७३ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । घटनामा परेर दुई जनाको मृत्यु र ५० जनाभन्दा धेरै घाइते भएका थिए ।

Untitled
Untitled
Untitled