२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

कर्मचारीले तलव नपाएपछि विमानस्थलको फोहोर उठेन

Untitled
Untitled
Untitled

काठमाण्डू, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाइ कर्मचारी तलब नपाएपछि विमानस्थलको फोहोर व्यवस्थापनमा समस्या निम्तिएको छ।

पुस महिनादेखि तलव नपाएको भन्दै कर्मचारीहरू विरोधमा उत्रिएपछि विमानस्थलको आन्तरिक तर्फको फोहोर व्यवस्थापनमा समस्या आएको हो। कर्मचारीहरूले विमानस्थल भवनभित्रै धर्ना बसेका छन्।

‘हामीलाई साढे दुई महिना भन्दा बढी भयो तलब नदिएको, पटकपटक ताकेता गर्दा पनि तलब नआएपछि हामी आन्दोलित हुन बाध्य भयौँ,’ आन्दोलनरत एक सफाइ कर्मचारीले भने, ‘हाम्रो माग पूरा नहुन्जेलसम्म थप आन्दोलका कार्यक्रम पनि ल्याउँछौँ।’

तलब माग गर्दै १५ दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आन्तरिकतर्फको कुनै पनि फोहोर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।

कर्मचारीले फोहर नउठाउँदा आन्तरिकतर्फको क्षेत्रमा दुर्गन्ध फैलिएको छ। विमानस्थलको आन्तरिकतर्फ ७६ जना सरसफाइ कर्मचारी कार्यरत छन्।

Untitled
Untitled
Untitled