एजेन्सी, अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकहरूलाई डुब्नबाट जोगाउन अमेरिकाले जस्तोसुकै काम गर्न तयार रहेको बताएका छन्।
बाइडेनको बयान यस्तो समयमा आयो जब अमेरिकाले सिलिकन भ्याली बैंक र सिग्नेचर बैंकलाई बचाउन आवश्यक निक्षेपको ग्यारेन्टी गरेको थियो।
सिलिकन भ्याली बैंक डुबेको खबर आएपछि अमेरिकाले बचतकर्तालाई बैंकबाट पैसा निकाल्नबाट रोक्न चाहन्छ, जनताले भने आफ्नो पैसा फिर्ता लिन चाहन्छन् ।
बाइडेनले पत्रकार सम्मेलनमा भने, “हाम्रो बैंकिङ प्रणाली सुरक्षित छ भन्नेमा ढुक्क हुनुहोस्।” सिलिकन भ्याली बैंकमा पैसा जम्मा भएका व्यक्ति तथा कम्पनीले आजदेखि प्रयोग गर्न सक्ने उनले बताए ।
सहयोगको घोषणा गर्दै बाइडेनले भने, “म तपाईंलाई यो आश्वासन दिन चाहन्छु कि हामी यहाँ रोकिने छैनौं। हामी जे आवश्यक छ त्यो गर्नेछौं।”
टेक्नोलोजी कम्पनीहरूलाई ऋण दिनको लागि प्रसिद्ध सिलिकन भ्याली बैंक शुक्रबार नियामकहरूले बन्द गराएको थियो र यसको सम्पत्ति रोक्का गरिएको थियो। सन् २००८ को वित्तीय संकट पछि अमेरिकामा असफल हुने यो सबैभन्दा ठूलो बैंक हो।