२०८३ साउन ६ बुधवार | Wednesday, Jul 22 2026

गृहमन्त्री लामिछानेको नागरिकता विवाद मुद्दा हेर्दा हेर्दैमा, शुक्रबार सुनुवाइ हुने

Untitled
Untitled
Untitled

काठमाडौ,  गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दा हेर्दा हेर्दैमा छाडिएको छ। बुधबार रिट निवेदक र प्रतिवादी सरकारको पक्षबाट बहसपछि यो मुद्दा हेर्दा हेर्दैमा छाडिएको हो।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको सुनुवाइका क्रममा बुधबार सुरुमा दुईजना निवेदहरु अधिवक्ता रवि बसौला र युवराज पौडेल सफलको तर्फबाट बहस भएको थियो।

लामिछानेको नागरिकतासम्बन्धी मुद्दामा बुधबार कायमुकामय प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा सदस्य रहेको संवैधानिक इजलासमा इजलासमा सुनुवाइ भएको हो।

सुनवाइका क्रममा अधिवक्ता रविराज बर्तौला, वरिष्ठ अधिवक्ता रमन कर्ण, वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता अमृत खरेल र नीतिका ढुंगानाले निवेदकको तर्फबाट बहस गरे।

त्यस्तै बुधबार दिउँसो खाजापछिको सुनुवाइमा प्रतिवादी सरकारको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीव रेग्मीले बहस गरे।

त्यस्तै गृहमन्त्री लामिछानेका निजी वकिलहरु सुशील पन्त र सुनिल पोखरेलले पनि जवाफी बहस गरे। अब यो मुद्दाको थप सुनुवाइ शुक्रबार हुने भएको छ।

Untitled
Untitled
Untitled