२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

मधेस सरकारले गुलशन र आरिफलाई जनही २ लाख दिने

Untitled
Untitled
Untitled

जनकपुर, मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा यूएईलाई पराजित गर्दै विश्वकप छनौट चरणमा स्थानमा पक्का गरेकोमा नेपाली टोलीलाई बधाई दिएका छन्।

विश्वकप क्रिकेट लिग २ मा बिहीबार यूएईमाथि ऐतिहासिक जित निकालेको नेपाली टीम, प्रशिक्षक तथा खेलाडीहरूलाई मुख्यमन्त्री यादवले बधाई दिएका हुन्।

बिहीबारको खेलमा जीतका लागि निर्णायक भूमिका निर्वाह गरेका खेलाडी गुलशन झा र आरिफ शेषलाई जनही २ लाख राशी पुरस्कार स्वरुप प्रदान गर्ने मुख्यमन्त्री यादवले घोषणा समेत गरेका हुन्।

खेलाडीहरू देशकै गहना रहेकाले यिनीहरुको मनोबल उच्च बनाउनका लागि मधेस सरकारले झा र शेषलाई पुरस्कृत गर्ने घोषणा गरेको मुख्यमन्त्री यादवले जानकारी दिए।

Untitled
Untitled
Untitled