२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाले बोलायो बैठक

Untitled
Untitled
Untitled

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बस्दैछ । बिहान साढे ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकले उपराष्ट्रपति निर्वाचनमा कसलाई मतदान गर्ने विषयमा निर्णय लिने बताइएको छ ।

उपराष्ट्रपति चयनका लागि आज १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन् ।

यसअघि जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन् ।

यद्यपि, उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्क्रिय भएको भनेकाले उनको नाम पनि मतपत्रमा हुनेछ ।

 

Untitled
Untitled
Untitled