२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

नयाँ वर्षमा काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने माओवादी अध्यक्ष दाहालको सङ्केत

Untitled
Untitled
Untitled

चितवन, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ घटनाक्रम विकास भइरहेको भन्दै नयाँ वर्षमा नयाँ सरकार बन्ने बताएका छन् ।

आइतबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष दाहालले नयाँ घटनाक्रमहरु विकसित भएको र आफूले नयाँ अनुभवका आधारमा नयाँ सरकारको कुरा गरेको बताए ।

‘परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ । त्यसकारण कुनै पनि सम्भावना छ ।’

उनले वर्तमान सरकारप्रति जनआक्रोश बढेको उल्लेख गर्दै नयाँ वर्षले नयाँ निकास दिने बताए ।

‘नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’ उनले काङ्ग्रेसको नेतृत्वमा सरकार गठन हुँदा उचित हुने बताए ।

आफूले पहिलेदेखि नै यही कुरा गरेको र अहिले नयाँ घटनाक्रम विकसित भएको बताउँदै अध्यक्ष दाहालले अब देश त्यतैतिर जाने अनुमान गरे ।

Untitled
Untitled
Untitled