२०८१ कात्तिक २२ बिहीवार | Thursday, Nov 07 2024

गठबन्धन किन टुट्यो विश्वविद्यालयका विद्यार्थीलाई अध्ययन गर्न लगाऔँ : अध्यक्ष नेपाल

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) नेतृत्वको गठबन्धन टुट्नेबारे आफू पहिल्यै जानकार रहेको दाबी गरेका छन् ।

सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनसहित जारी संसद् बैठकमा भाग लिँदै नेपालले यस्तो बताएका हुन् । ‘

गठबन्धन किन टुट्यो, त्यसका आफ्नो कारणहरू होलान् । तर, यो अवस्था आउने सम्भावना थियो, आयो,’ उनले भनेका छन् ।

उनले एमालेमाथि व्यङ्ग्यसमेत गरे । ‘यहाँ कुरा सुन्दा म पनि अन्योलमा परेको छु । दाहालजी प्रधानमन्त्री भएको गठबन्धनको प्रमुख घटकलाई घोक्रयाएर निकालियो भन्ने पनि सुनियो ।

घोक्रयाएरै निकाल्ने काम किन गरियो रु त्यसको पनि जवाफ हामी पक्कै थाहा पाउनेछौँ,’उनले भने ।

त्यसमा उनले थपे, ‘घोक्रयाएर निकालियो भन्ने पनि मैले सुने अर्कोतर्फ आफैँ निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि मैले सुनेँ ।

म आफैँ अलमलमा परेँ । मैले सोचेँ, हाम्रो देशको कुनै विश्वविद्यालयका विद्यावारिधि गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मेवारी दिनुपर्छ कि ? के कति कारणले गर्दा त्यतिखेर कायम भएको गठबन्धन टुट्यो ? के कारणले नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो ?’

यस्तै उनले अहिलेको गठबन्धन ५ वर्षसम्मन नटुट्ने दाबी गरे । आफूले २१ महिना २२ दलहरूलाई मिलाएर सरकार चलाएको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो गठबन्धन टुट्दैन ।’

Untitled
Untitled
Untitled