२०८२ वैशाख १३ शनिवार | Saturday, Apr 26 2025

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ र राष्ट्रपति भण्डारीको बिदाइ आज

Untitled
Untitled
Untitled

काठमाडौं, नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज पद तथा गोपनियताको शपथ ग्रहण आज हुँदैछ। राष्ट्रपति कार्यालय शितल निवासमा विशेष समारोहकासाथ दिउँसो १ बजे पौडेलले शपथ ग्रहण गर्ने कार्यक्रम छ।

संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि सङ्घीय कानुन अनुसार प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ ।

नवनिर्वाचित राष्ट्रपति पौडललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले शपथ लिएलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आज शीतल निवास छाड्नेछिन् ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले नयाँ राष्ट्रपतिको शपथ ग्रहणपछि राष्ट्रपति भण्डारी निजी निवास सर्ने कार्यक्रम तय भएको बताए ।

राष्ट्रपति भण्डारीले हिजो आइतबार आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छिन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गर्न सहयोग गर्ने विभिन्न कार्यकालका प्रधानमन्त्रीहरू, राजनीतिक नेतृत्व र सम्बद्ध सबैलाई धन्यवाद दिएकी थिइन भने शीर्ष नेताहरूले कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिएका थिए ।

Untitled
Untitled
Untitled