२०८२ असोज ३ शुक्रवार | Friday, Sep 19 2025

Untitled

फागुनमा हुने निर्वाचनमा विदेशमा रहेका नेपालीले समेत भोट हाल्न मिल्ने व्यवस्था गर्दै सरकार

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकारले विदेशमा भएका नेपाली नागरिकलाई फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी गराउने तयारी गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले आज निर्वाचन आयोगमा छलफल गर्दै समानुपातिकतर्फ भएपनि विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था मिलाउनुपर्ने बताएका हुन् ।

उनले यस विषयमा सर्वोच्च अदालतले समेत आदेश दिईसकेकाले आगामी फागुन २१ गते हुने तय भएको निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मताधिकार प्रयोग गर्ने व्यवस्था हुनुपर्ने बताए ।

उनले सम्भव हुने देशहरुमा राजदुतावासमा मतदानको व्यवस्था गर्नुपर्ने र सम्भव नभएका ठाउँमा प्रविधिको सहायता लिन सकिने बताए ।

उनले यस विषयमा कुनै बाधा अड्चन आए अध्यादेशमार्फत सम्बोधन गरिने समेत बताए ।

यस्तै उनले नो भोटको व्यवस्था समेत मिलाइने बताए ।

Untitled
Untitled
Untitled