२०८१ असोज २२ मंगलवार | Tuesday, Oct 08 2024

रोकिएन सेयर बजार घट्ने क्रम, कारोबार रकम ६ अर्ब

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको कारोबारको चौथो दिन पनि सेयर बजार घट्ने क्रम रोकिएको छैन ।

कारोबारको पहिलो दिन नै पहिरो गएको बजारमा चौथो दिन पनि राताम्मे छाएको छ ।

बुधबार सेयर बजार परिसूचक २२ दशमलव ७३ अंकले घटेर २६१० दशमलव २१ को विन्दूमा पुगेको छ ।

आज ३१७ कम्पनीका ८७ हजार ३६ पटकको कारोबारमा १ करोड ५४ लाख २८ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

जसमा कारोबार रकम ६ अर्ब ८५ करोड ११ लाख ७९ हजार रुपैयाँ रहेको छ ।

६५ कम्पनीको सेयर मूल्य बढ्दा १७५ कम्पनीको मूल्य घटेको छ भने ४ वटा स्थिर रहेको छ ।

१३ उपसमूहमध्ये १० वटा राताम्मे भएका छन् । आज सीइडीबी हाइड्रोपावरमा लगानीकर्ता झुम्मिएका छन् ।

Untitled
Untitled
Untitled