२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कांग्रेसले उपसभामुखको विषयबारे संसदीय दलको बैठकबाट निर्णय लिने

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसले प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाको विषयमा उठेका प्रश्नबारे संसदीय दलको बैठकबाट निर्णय लिने निष्कर्ष निकालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा आज बसेको शीर्ष नेताहरूको बैठकले उपसभामुखको विषयमा सत्तासाझेदार दलहरूसँग छलफल र परामर्श गरी आवश्यक निर्णय लिइने कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए ।

“पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठकमा मुलुकको समसामयिक राजनीतिबारे छलफल भयो ।

उपसभामुखको विषयमा संसदीय दलको बैठक राखी निर्णय गर्ने र सरकारमा आबद्ध दलहरूसँग पनि समन्वय गरेर अगाडि बढ्ने निर्णय भएको छ”, उनले भने ।

मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सत्तारुढ दलका सांसदहरूले राजीनामा गरेर मार्ग प्रशस्त गर्न उपसभामुख रानालाई सुझाव दिएका थिए ।

सोही विषयबारे पार्टीको धारणा बनाउन कांग्रेसले अनौपचारिक छलफल गरेको हो ।

रासस

Untitled
Untitled
Untitled