२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बैंकिङ प्रणालीमा तरलता फलाफाल, राष्ट्र बैंकले मागेभन्दा बैंकहरुले दिए दोब्बर बढीको आवेदन

Untitled
Untitled
Untitled

काठमाण्डौ, बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले (असार २७ गते) फेरि २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको छ।

केन्द्रीय बैंकले १० दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गरेको हो। रिभर्स रिपोमार्फत राष्ट्र बैंकले २० अर्ब रुपैयाँ माग्दा बैंकहरुले दोब्बर बढी रकमको आवेदन दिएका छन्।

रिभर्स रिपोका लागि भएको आज भएको बोलकबोलमा भने १४ वटा बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले मागेभन्दा बढी ४० अर्ब १५ करोड रुपैयाँको आवेदन दिएका हुन्।

बोलकबोलमा सहभागी भएका ती बैंक तथा वित्तीय संस्थाले ८७ आवेदनमार्फत उक्त रकम माग गरेका थिए। तर, राष्ट्र बैंक २० अर्ब रुपैयाँमात्रै तानेको छ। रिभर्स रिपोको औसत ब्याजदर २ प्रतिशत कायम भएको छ।

यसअघि पनि राष्ट्र बैंकले रिभर्स रिपोमार्फत असार २६ गते २० अर्ब रुपैयाँ, गत असार १९ गते २० अर्ब रुपैयाँ, असार १० गते २० अर्ब रुपैयाँ र असार ७ गते १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानिसकेको छ।

निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरी अधिक तरलता बजारबाट प्रशोचन गर्छ।

 

Untitled
Untitled
Untitled