२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

करिब ९०५ले बढ्यो मोबाइल बैंकिङबाट हुने भुक्तानी, ११ महिनामा रु २.३० खर्बको कारोबार

Untitled
Untitled
Untitled

काठमाण्डौ, कारोबार गर्दा विद्युतीय माध्यमको प्रयोग गरी भुक्तानी गर्नेहरुको संख्या बढ्दै गएको छ।

कोरोनाकालमा नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई बढावा दिएसँगै पछिल्लो समय विद्युतीय माध्यमको प्रयोग गरी कारोबार गर्नेहरुको संख्या बढ्दै गएको हो।

अहिले सामान्य किराना पसलदेखि तारे होटेलसम्म सहजै विद्युतीय माध्यमको प्रयोग गरी सेवासुविधा लिन सकिन्छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको जेठ महिनासम्म २ खर्ब ३० अर्ब रुपैयाँबढी मोबाइल बैंकिङबाट कारोबार भएको छ।

अघिल्लो वर्ष यही अवधिसम्म १ खर्ब २१ अर्ब रुपैयाँबराबरको कारोबार भएको थियो। यो हिसाबले मोबाइल बैंकिङ कारोबार करिब ९० प्रतिशतले बढेको छ।

यसैगरी इन्टरनेट बैंकिङबाट हुने कारोबार पनि करिब २० प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको जेठसम्म इन्टरनेट बैंकिङबाट १२ अर्ब १५ करोड रुपैयाँबराबरको कारोबार भएकोमा चालू आर्थिक वर्षको जेठसम्म १४ अर्ब ५४ करोड रुपैयाँबराबरको कारोबार भएको छ।

Untitled
Untitled
Untitled