काठमाडौ, मंगलबार पनि छापावाल सुनको मूल्य बढेको छ । आज छापावाल सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । योसँगै छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँ पुगेको छ ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै। आज तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । सोमबार प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।