२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेप्से २१ अंकले बढ्यो, ५ अर्ब ७५ करोडभन्दा बढीको कारोबार

Untitled
Untitled
Untitled

काठमाण्डू, साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से परिसूचक २१.३० (०.७७ प्रतिशत) ले बढेर २७६१.२६ बिन्दूमा पुगेको छ ।

सोमबार ५ अर्ब ७५ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएकामध्ये १७९ कम्पनीको सेयर भाउ बढेको छ भने ७१ कम्पनीले गुमाएका छन् ।

नारायणी डेभलपमेन्ट बैंक र विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यता, आरबीबी म्युचुअल फन्ड १ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

Untitled
Untitled
Untitled