२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

काठमाडौं महानगरपालिकाको कार्यालय अगाडि कवाड व्यवसायीहरूको प्रदर्शन

Untitled
Untitled
Untitled
काठमाण्डू, संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टीसँगै विभिन्न माग राखेर काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायी पुन: आन्दोलित भएका छन् । व्यवसायीले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरे ।
कवाड व्यवसायी, संकलक र मजदुरमाथि महानगर प्रहरीबाट कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्य भइरहेको भन्दै उनीहरूले तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति पनि दिनुपर्ने माग राखेका छन् । कवाड व्यवसायी समाजको आव्हानमा ५ बुँदे मागसहित उनीहरू आन्दोलनमा उत्रिएका हुन् । पत्रकार सम्मेलनमा कवाड व्यवसायी ओमप्रकाश सिंहले महानगरविरुद्ध निर्णायक आन्दोलन गर्ने बताए । मेयर आफूहरूलाई गरिखान नदिएको उनीहरूको गुनासो छ ।
Untitled
Untitled
Untitled