२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेपाली समूदायले पोर्चुगलमा आयोजना गरेको तीज कार्यक्रम सम्पन्न

Untitled
Untitled
Untitled

पोर्चुगलः अगस्ट २४ आइतबारका दिन नेपाली समूदायले पोर्चुगलमा आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रम सम्पन्न भएकोछ ।

समाजका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि समाजसेवी सीता थापा विशिष्ट अतिथिमा पोर्चुगलका महिला समाजसेवीहरू सारा क्याटरिना टेक्सेरा अल्मेडा, इनेस टाभरेस रोड्रिग्स र डायना सिल्भा रहेकी थिइँन् ।

कार्यक्रममा पार्दिलो जुन्ता कार्यालय प्रमुख अर्थात जुन्ताका अध्यक्ष एन्टोनियो जोसे दा सिल्भा टावरेसले कार्यक्रमका लागि उक्त भवन नि:शुल्क उपलब्ध गराएका थिए

साथै आफै उपस्थित भई नेपाली दिदी बहिनीहरुलाई हरितालिका तीजको शुभकामना समेत दिए ।

जुन्ताका अध्यक्ष एन्टोनियो जोसे दा सिल्भा टावरेसले शुभकामना कै क्रममा नेपाली समुदायको खुलेर प्रशंसा गरे र साथ सहयोगका लागि सदैव तत्पर रहेको कुरा पनि व्यक्त गरे ।

शुभकामना मन्तव्य कै क्रममा विशिष्ट अतिथि र अतिथिहरूले पनि नेपाली समुदायको प्रशंसा गरेका थिए ।

नेपाली दिदी बहिनीहरुसँगै कार्यक्रमको अन्तिमसम्म नाचगान गरि खुशी साटासाट गरे ।

कार्यक्रममा आफ्नो भनाइ राख्ने क्रममा संस्थाका अध्यक्ष धनबहादुर गुरुङले भने यो ठाउँमा यतिको उत्साह जनक उपस्थितले आफु निकै हर्षित महसुस गरेको र संस्था गठन पश्चात फल स्वरूप यो दिन आएको हो यो ठाउँमा रहेका नेपाली दिदी बहिनी तथा दाजुभाइहरू चाडपर्वहरूमा एकै ठाउमा एकैसाथ रही खुशी साटासाट गर्ने अवसर प्राप्त गरेका छौ र कही कसैलाई कुनै दुख पीडा परेका बखत पनि एकैसाथ उभिन तत्पर रहेको भन्दै कार्यक्रममा साथ सहयोगका लागि सबैमाझ आभार व्यक्त गर्दै युवाहरूलाई आफ्नो समुदायसंग घुलमिल भई सामाजिक कार्यमा संलग्न हुन समेत आग्रह गरेका थिए ।

हाल पोर्चुगलमा विभिन्न संघसंस्थाहरूले तीजलाइ विशेष रूपमा विभिन्न कार्यक्रम गरी मनाइरहेका छन् ।

Untitled
Untitled
Untitled