२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

बैंक जमानत लिएर रविलाई रिहा गरिदिन माग गर्दै रवि पत्नि पुगिन उच्च अदालत

Untitled
Untitled
Untitled

बुटवल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कारागारबाहिरै रहेर मुद्दा लड्न दिन माग गर्दै उनकी पत्नी निकिता पौडेलले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा निवेदन दिएकी छन्।

यसअघि जिल्ला अदालत रुपन्देहीमा दिएको निवेदनमा मागबमोजिम आदेश नआएपछि निकिताले उच्च अदालतमा समेत निवेदन दिएकी हुन्

निवेदन दिएपछि सोमबार निकिताले सामाजिक सञ्जाल फेसबूकमा लेखेकी छन्, ‘न्याय पाइयोस् कि नपाइयोस्, संविधान र कानूनले अनुमति दिएका देशभित्र र बाहिरका हरेक ढोका ढक्ढक्याउने छु ।’

उनले कारागारमा आफ्ना पतिको जीवन सुरक्षित नरहेको जिकिर समेत फेसबूकमा गरेकी छन् । ुमैले हिजो पनि भनेकी हुँ र आज पनि भन्छु, मेरो श्रीमान्को जीवन सुरक्षित छैन ।

भैरहवा कारागारमा उहाँलाई कसरी राखिएको थियो, अब मैले केही भनिरहन पर्दैन ।

यिनिहरूले किन जेल सार्न मानिरहेका थिएनन्, यिनिहरूको नियत के थियो, त्यो पनि बताइरहन पर्दैन, फेसबूक स्टाटसमा अगाडि लेखिएको छ ।

सरकारले झुटा मुद्दा लगाएर फसाएको आरोप समेत उनले लगाएकी छन् ।

आफैंले झुटा मुद्दा लगाएर, सत्ता र शक्तिको चरम दुरुपयोग गरेर जेलमा थुनेको एउटा बन्दीलाई प्रधानमन्त्रीदेखि महामन्त्री (कांग्रेस) सम्मले संसद्को रोस्ट्रमबाट किन धम्क्याइरहेका होलान्, त्यो पनि मैले भनिरहन पर्दैन, निकिताले लेखेकी छन् ।

बिगो तोकेर त्यस बराबरको बैंक जमानत लिई रिहा गरिदिन उनको माग छ ।

बिगो तोकिदेऊ र त्यो बराबरको बैंक जमानत लिएर जेलबाहिरबाट मुद्दा लड्न देऊ, मेरो आग्रह यत्ति हो, निकिताले लेखेकी छन् ।

Untitled
Untitled
Untitled