२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

संविधानविदहरूलाई शीतल निवास वोलाएर नयाँ सरकार गठनबारे परामर्श लिंदै राष्ट्रपति पौडेल

Untitled
Untitled
Untitled

काठमाण्डू, राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको संवैधानिक प्रश्नबारे परामर्श गर्न संविधानविदहरुलाई शीतल निवास बोलाएका छन् ।

शीतल निवास स्रोतकाअनुसार संविधानविद्हरू वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, शेरबहादुर केसी, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चन्द्रकान्त ज्ञवालीलाई परामर्शका लागि बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको धारा ७६ को उपधारा २ बमोजिम सरकार बने असंवैधानिक हुने तर्क गरेका छन् ।

उनले राष्ट्रपतिलाई समेत यो बताएका थिए । प्रधानमन्त्रीले विश्वासको मत नपाउने निश्चित भइसकेको बेला संसदमा मतदानकै समयमा राष्ट्रपतिले संविधानविद्हरूसँग परामर्श गर्न लागेका हुन् ।

यता कांग्रेस र एमालेले आजै दुईतिहाइ सांसद र राजनीतिक दलहरूको समर्थनसहित केपी ओलीलाई प्रधानमन्त्री बनाउने लिखित पत्र लिएर राष्ट्रपतिसमक्ष जाँदैछन् ।

Untitled
Untitled
Untitled