२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

तीनदिने भ्रमणमा आउँदै चिनियाँ उपविदेशमन्त्री

Untitled
Untitled
Untitled

काठमाण्डू, पछिल्लो समय नेपालमा चिनियाँ चासो बढ्दै गएको छ । चासो बढेसँगै चीनका विभिन्न तहका अधिकारीहरू नेपाल भ्रमणमा आउने क्रम जारी छ ।

सोही क्रममा सोमबार जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइडोङ नेपालको औपचारिक भ्रमणमा आउँदै छन् । सोमबारदेखि उनी तीनदिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा उहाँ यही असार ११ गते काठमाडौंमा हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठकमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछिन् भने प्रतिनिधिमण्डलमा विभिन्न मन्त्रालयका वरिष्ठ अधिकारी सम्मिलित हुनेछन् ।

भ्रमणका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल गरिने मन्त्रालयले जनाएको छ ।

त्यसक्रममा चिनियाँ उपविदेशमन्त्री सुनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्तासमेत गर्ने कार्यक्रम छ ।

उपविदेशमन्त्री सुन असार १२ गते फिर्ता हुने जनाइएको छ ।

 

Untitled
Untitled
Untitled