२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

आयोजक वेस्ट इण्डिजलाई हराउँदै दक्षिण अफ्रिका आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, दक्षिण अफ्रिका नवौँ संस्करणको आइसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान सम्पन्न सुपर–८ को खेलमा आयोजक वेस्ट इण्डिजलाई तीन विकेटले हराउँदै दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो ।

समूह ‘बी’ को अन्तिम सुपर–८ खेलमा वेस्ट इण्डिजले दिएको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले वर्षाका कारण १७ ओभरमा झारिएको खेलमा ५ बल अगावै ७ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि ट्रिस्टन स्टब्सले २९, हेनरिक क्लासेनले २२, मार्को यान्सले अविजित २१, कप्तान एडन मार्कमले १८ र क्विन्टन डिककले १२ रन बनाए ।

वेस्ट इण्डिजका लागि रोस्टन चेसले तीन, अल्जारी जोसेफ र आन्द्रे रसेलले दुई/दुई विकेट लिए ।

त्यसअघि सर भिभियन रिचर्ड्स स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो ।

उसका लागि रोस्टन चेसले अर्धशतकीय पारी खेले । ४२ बलको सामना गरेका उनले तीन चौका र दुई छक्कासहित सर्वाधिक ५२ रन बनाए ।

यस्तै, कायल मेयर्सले ३५ र आन्द्रे रसेलले १५ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका लागि तबरेज शम्सीले चार ओभरमा २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

यस्तै, कागिसो रबाडा, कप्तान एडन मार्कम, एनरिक नोर्टजे र केशव महाराजले एक/एक विकेट लिए ।

Untitled
Untitled
Untitled