काठमाण्डू, नेपाली कांग्रेसले बजेट पारित नहुँदासम्म पार्टीका सांसदहरूलाई संसद्मा अनिवार्य उस्थिति हुन सांसदलाई निर्देशन दिएको छ ।
शुक्रवार बसेको संसदीय दलको बैठकले सांसदहरूलाई बैठकमा उपस्थित हुन निर्देशन दिएको प्रमुख सचेतक रमेश लेखकले बताए ।
उनले भने, ‘हाल नेपाली कांग्रेस संघीय संसदमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेको सर्वविदितै छ ।
प्रमुख प्रतिपक्षमा रहेको बखत संसदमा जनताका आवाज घनिभूत रुपमा मुखरित गर्नुपर्ने हुँदा त्यसका लागि संसदका बैठकहरुमा उपस्थिति अनिवार्य हुन्छ ।
हाल संघीय संसदका वैठकहरुमा माननीय सदस्यहरुको उपस्थिति न्यून हुने गरेको छ ।
यो बैठक संसदीय दलका सबै सदस्यलाई संसदका आगामी बैठकहरुमा अनिवार्य उपस्थित भई प्रभावकारी भूमिका निर्वाह गर्न निर्देश गर्दछ ।’
उनले प्रतिनिधि सभाको आगामी बैठकमा आ।ब २०८१/८२ को विनियोजन विधेयक ( बजेट ) निर्णायार्थ प्रस्तुत हुने भएको हुँदा असार ९ गते देखि विनियोजन विधेयक ( बजेट ) निर्णायार्थ प्रस्तुत हुँदासम्मका सबै बैठकहरुमा अनिवार्य उपस्थित हुन र निर्देशन ( व्हिप )गरेको बताए ।


































