२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

क्याम्पस प्रमुखको हत्याविरुद्ध वाराको कलैयामा प्रदर्शन, सातजना पक्राउ

Untitled
Untitled
Untitled

बारा, कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुखको हत्याको विरोधमा प्रदर्शन भएको छ ।

खजुरिया टोल बस्ने ५० वर्षीय हरीभूषण कुशवाहाको हत्याविरुद्ध जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय बाराअगाडि शनिबार मृतकका आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीले हत्यारालाई सार्वजनिक गर्न र शान्ति सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै नाराबाजी गरेका थिए।

यसैबीच क्याम्पस प्रमुख कुशवाहाको हत्या आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

शुक्रबार साँझ करिब साढे ५ बजे आदर्श कोतवाल गाउँ पालिका– ३ बातरा हुँदै मोटरसाइकलमा कलैया जाने क्रममा अपरिचित समूहले गोली हानी कुशवाहाको हत्या गरेको थियो।

Untitled
Untitled
Untitled