२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

नवलपरासीको कावासोतीमा नाला खन्नेक्रममा पुरिएर तीन महिलाको मृत्यु

Untitled
Untitled
Untitled

कावासोती, ढल निर्माणका खाल्डो खन्ने क्रममा पुरिएर तीनजना महिलाको मृत्यु भएको छ ।

कावासोतीको फलफुल चोकमा ढल निर्माणका लागि खाल्डो खन्दा उनीहरु पुरिएका थिए । २ जनालाई निकालेर अस्पताल लैजाँदै गर्दा र एकजनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र चमेली दर्लामी मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

कावासोती नगरपालिका ३ फलफुलचोकमा नगरपालिकाद्वारा ढल निकासको ह्युम पाईप राख्नको लागि बनाउँदै गरेको निर्माणाधिन नालामा काम गर्ने मजदूर पुरिएका थिए ।

गाहा र रानालाई निकालेर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए । मगर भने पुरिएको अवस्थामा राति मृत फेला परेकी हुन् ।

घटनाको विरोधमा स्थानीय र मृतकका आफन्तले कावासोती नगरपालिकाका प्रमुख विष्णु भुसालविरुद्ध नारावाजी गर्दै घर घेराउ गरेका छन् ।

उनीहरुले नगरपालिकाको लापरवाहीले मजदूरको ज्यान गएको आरोप लगाएका छन् ।

Untitled
Untitled
Untitled