२०८३ असार १० बुधवार | Wednesday, Jun 24 2026

कम्युनिष्ट पार्टी स्थापनाको अवसरमा एमालेले विशेष कार्यक्रम गर्दै, प्रमुख बक्तामा काँग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमालेले आज कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा हीरक महोत्सव मनाउँदैछ ।

नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्ष पूरा भएको अवसरमा एमालेले ललितपुर गोदावरीको सनराईज हलमा हीरक महोत्सवको औपचारिक कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेससहितका अन्य राजनीतिक दलका शीर्ष नेताहरुलाई निम्तो गरिएको छ ।

विशेष समारोहमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख वक्ताको रूपमा बोलाइएको छ ।

त्यस्तै तात्कालीन मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी, जसपा अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, पूर्वप्रधानमन्त्री र पार्टी प्रमुखलाई पनि निम्तो गरिएको एमालेले जनाएको छ ।

प्रतिनिधि परिषद् बैठकको दोस्रो दिन अस्वस्थताको कारण उपस्थित हुन नसकेका पार्टी अध्यक्ष केपी ओली भने आज हीरक महोत्सवमा सहभागी हुने बताइएको छ ।

कार्यक्रममा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललाई पनि बोलाइएको । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘राष्ट्रिय गौरव’ पदकबाट एमालेले सम्मान गर्ने भएको छ ।

Untitled
Untitled
Untitled