२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

राशिद चम्किँदा गुजरातको रोमाञ्चक जीत, राजस्थानको जीत यात्रामा पूर्णविराम

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । जारी सिजिनमा गुजरातको यो तेस्रो जीत हो ।

आफ्नो पाँचौं खेलमा राजस्थानले दिएको १ सय ९७ रनको लक्ष्य गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातलाई जीतका लागि अन्तिम ६ ओभरमा १५ रन आवश्यक थियो ।

यो ओभरको पहिलो बलमा राशिद खानले चौका हिर्काए । दोस्रो बलमा दुई रन जोडेका उनले तेस्रो बलमा चौका प्रहार गर्दै टिमलाई जित नजिक पुर्याए ।

उनले चौथो बलमा एक रन जोड्दै राहुल तेवटियालाई स्ट्राइक दिए । तर, उनी पाँचौं बलमा तीन रन जोड्ने चक्करमा रनआउट भए ।

अन्तिम बलमा गुजरातलाई जीतका लागि दुई रन आवश्यक थियो । निकै रोमाञ्चक बनेको उक्त ओभरको अन्तिम बलमा राशिदले चौका हिर्काउँदै गुजरातलाई जित दिलाए ।

उनले यस खेलमा ११ बलमा चार चौकासहित अविजित २४ रन जोडे ।

गुजरातको जीतमा ‘हिरो’ साबित भएका राशिद ‘प्लेयर अफ द म्याच’ घोषित भए । यस्तै, कप्तान शुभमन गिलले ४४ बलमा ६ चौका र दुई छक्काको सहयोगमा सर्वाधिक ७२ रन बनाए ।

त्यस्तै, साई सुदर्शनले ३५, राहुल तेवटियाले २२, विजय शंकरले १६ र शाहरुख खानले १४ रनको योगदान दिए ।

राजस्थानका लागि कुलदीप सेनले तीन, युजवेन्द्र चहलले दुई र आवेश खानले एक विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टिम राजस्थानले निर्धारित २० ओभरमा तीन विकेट मात्र गुमाएर १ सय ९६ रन बनायो ।

उसका लागि रियान परागले ७६, कप्तान सञ्जु स्यामसनले ६८, यशस्वी जैसवालले २४ र शिमरोन हेटमायरले अविजित १३ रन बनाए ।

गुजरातका लागि उमेश यादव, रासिद खान र मोहित शर्माले एक/एक विकेट लिए ।  यो जीतपछि गुजरातले ६ खेलबाट ६ अंक जोडेको छ । ऊ तालिकाको छैटौँ स्थानमा छ ।

पहिलो हार बेहोरेको राजस्थानले ५ खेलमा ८ अंक जोडेको छ । ऊ अहिले पनि तालिकाको शीर्ष स्थानमा कायमै छ ।

आइपिएलमा बिहीबार मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरु खेल्दै छन् । जारी सिजनमा यी दुवै टिम जीतका लागि संघर्ष गरिरहेका छन् ।

बेंगलुरले पाँच खेल खेल्दा चारमा हार तथा एक खेलमा मात्र जीत निकालेको छ । मुम्बईले चार खेलमध्ये तीनमा जीत र एक खेलमा जीत हात पारेको छ ।

Untitled
Untitled
Untitled